Thaha

Saturday 21 September - 4:53 pm NST

खडेरीका कारण यसबर्ष कपिलवस्तुको धान उत्पादन आधा घट्ने


काठमाडौं, १८ असोज । खडेरीका कारण यसबर्ष कपिलवस्तुको धान उत्पादन आधा घट्ने भएको छ । लामो सयम पानी नपर्दा पसाउन लागेको धान घामले सुक्न थालेपछि उत्पादन ५० प्रतिशत भन्दा बढीले घट्ने जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । यस बर्ष ७० हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाईएको धानबाट २ लाख ४८ हजार मेट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएको थियो ।

खडेरीले सप्रीन लागेको धान बाली सखाप बनाएको कृषि कार्यालयका बाली विकास अधिकृत मोहर अलीले बताउनुभयो । १० वटा कृषि संपर्क केन्द्रबाट लिईएको प्रारम्भिक तथ्याङ्क अनुसार अहिले सम्म ५० प्रतिशतको हाराहारीमा उत्पादनमा कमी आउने देखिएको छ ।

खडेरीले धान बालीमा नोक्सानी भएको भन्दै जिल्ला कृषि विकास कार्यालय कपिलबस्तुले जिल्लालाई सुख्खा क्षेत्र घोषणाको लागि पहल थालेको रेडियो परिवर्तन कपिलबस्तुले जनाएको छ ।