Thaha

Saturday 21 September - 4:38 pm NST

सीमा क्षेत्रमा रोकिएका मालबहाक गाडी आजदेखि संचालनमा

काठमाडौं,१७ असोज । भारतले अघोषित नाकाबन्दी गरेपछि सीमा क्षेत्रमा रोकिएका मालबहाक गाडी आजदेखि संचालन हुन थालेका छन । विभिन्न नाकाबाट रोकिएका गाडी भित्रिन थालेका हुन । तर   भोलीसम्म पेट्रोलियम पदार्थको आयात भने नहुने भएको छ ।

सीमा नाका क्षेत्रमा रोकिएका पेट्रोलियम पदार्थ बोकेका ट्यांकर समेत नेपाल भित्रन नसकेको नेपाल आयल निगमले जनाएको छ । भारतमा आज सार्बजनिक बिदा परेकोले भोलीदेखि मात्रै रोकिएका सवारी साधन नेपाल भित्रन दिने आश्वासन पाएको निगमका प्रवक्ता दिपक बरालले जानकारी दिनुभयो ।

भोली मात्रै इन्धन भित्रन शुरु हुने भएकोले नेपालमा देखिएको अभाब हट्न अझै केहिदिन लाग्ने उहाँले बताउनुभयो । भारतले एक साता अघिदेखि अघोषित रुपमा गरेको नाकाबन्दी सहज गर्न आफ्ना मातहतका निकायलाई हिजो निर्देशन दिएको थियो । बाँकेको नेपालगन्जसँगको रुपैडिया नाकासहित अन्य नाकाबाट पनि आज बिहान मालबाहक गाडी भित्रिन सकेका छैनन ।

हिजो बेलुकी भने १० वटा पेट्रोलियम पदार्थ बाकेका ट्यांकर र अन्य २६ वटा  मालवहाक गाडी भित्रिएको थाहा सहकर्मी विश्वराज पछलडङ्ग्याले जनाएका छन् । यस्तै रुपन्देहीकोे बेल्हीया नाकाबाट मालबहाक गाडी भित्रिएपनि पेट्रोलियम पदार्थ बोकेका गाडी नेपाल भित्रन सकेका छैनन् ।

कपिलबस्तुको कृष्णनगर नाकाबाट पनि आयात सहज हुन सकेको छैन । बेलहिया नाकाबाट गएराती डिजेलका ६ ट्यांकरसहित १ सय २७ वटा मालवाहक गाडी नेपाल भित्रिएका थिए । इलाका प्रहरी कार्यालय बेलहियाले गएराती केहि तेल ट्यांकर, ग्याँस बुलेट सहित १ सय २७ वटा मालवाहक गाडी नेपाल भित्रिएको जनाएको छ ।