Thaha

Saturday 21 September - 4:26 pm NST

लाडसेडिङ घटेसँगै उपभोक्तालाई राहात

काठमाडौं,१७ असोज । भारतको अघोषित नाकाबन्दीका कारण ग्यासको अभाव खेपिरहेका नागरिकले विजुलीबाट भने राहात पाएका छन् । नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ घटाए पछि आम उपभोक्ताले राहात महसुस गरिरहेका हुन् ।

नाकावन्दीका कारण कच्चा पदार्थको अभावमा उद्योगहरु बन्द भएकाले लोडसेडिङ कम गराउन सम्भव भएको प्राधिकरणका निर्देशक भुवनकुमार क्षेत्रीले जानकारी दिनुभयो । हप्तामा ४७ घण्टा हुँदै आएको लोडसेडिङ अहिले कम भएपनि घोषित रुपमा कम गर्न नसकिने प्रधिकरणको भनाई छ ।

उद्योगहरु सञ्चालनमा आउने वित्तिकै साविककै अनुसार लोटसेडिङ हुने र हिउँदमा बढेर दैनिक १४ घण्टासम्म हुन सक्ने प्राधिकरणले जनाएको छ ।