Thaha

Saturday 21 September - 4:40 pm NST

आज विश्व अहिंसा दिवस


काठमाडौं, १५ असोज । आज विश्व अहिंसा दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघ आवद्ध मुलुकहरुमा सन् २००७ देखि हरेक बर्ष अक्टोबर २ अर्थात आजकै दिन विश्व अहिंसा दिवश मनाउने गरिन्छ ।

अहिंसा दिवसका अवसरमा शान्ति, मानवअधिकार र अहिंसाको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् ।