Thaha

Saturday 21 September - 4:51 pm NST

आज देशभरको मौसम सामान्यतया सफा रहने


काठमाडौं, १५ असोज ।  आज काठमाडौंको मौसम सफा रहनेछ ।  दिनभर मौसम सफा रहने र बेलुकी पख हल्का बादल लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

आज देशैभरको मौसम सामान्यतया सफा रहनेछ । तर दिउँसो र बेलुकी पख नेपालको पूर्वी पहाडी क्षेत्रमा भने आंशिक बद्ली हुने विभागले जनाएको छ ।