Thaha

Saturday 21 September - 4:45 pm NST

आजदेखि डिभी खुल्यो

काठमाडौं, १४ असोज । सन् २०१७ को अमेरिकी डाइभर्सिटी भिसा अर्थात डिभीको लागि आजदेखि आवेदन दर्ता खुल्दै छ । नेपाली समय अनुसार बिहान ९ बजेर ४५ बजेबाट आबेदन दर्ता खुल्नेछ । आबेदन दर्ता कार्तिक १७ गते सम्म गर्न सकिने काठमाडौंमा रहेको अमेरिकी दूताबासले जनाएको छ ।

निः शुल्क भरिने डिभी चिट्ठाको लागि अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । दूताबासले निकालेको बिज्ञप्तीमा आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार नगर्न आग्रह गरिएको छ । डिभी चिट्ठामा आवेदन अनलाइनमार्फत भर्न तोकिएको अवधिमा धधध।मखयिततभचथ।कतबतभ।नयख मा गई भर्न सकिने छ ।