Thaha

Saturday 21 September - 4:34 pm NST

आजदेखि निजी गाडिले पेट्रोल नपाउने


काठमाडौं, १४ असोज । सरकारले आजदेखि निजी गाडीलाई पेट्रोलियम पदार्थ नदिने भएको छ । पेट्रोलियम पदार्थको मौज्दात कम हुँदै गएकाले अत्यावश्यक समान ढुवानी गर्ने बाहेक ट्रक र ट्रिपरलाई पनि तेल दिन नसकिएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालले जानकारी दिनुभयो ।

भारतले अघोषित नाकाबन्दी गरेपछि तेलमा कोटा प्रणाली लगाएको सरकारले थप संकट सिर्जना नहोस भनेर अब निजी सवारीलाई तेल बिक्री राकेको छ । सार्वजनिक गाडीलाई प्राथमिकता दिँदै निजी गाडीलाई तेल दिन रोक्ने निर्णय भएको प्रवक्ता ढकालले बताउनुभयो । बाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, यातायात व्यवस्था विभाग र गृहमन्त्रालयको हिजो बसेको संयुक्त बैठकले निजी सवारीलाई तेल नदिने निर्णय गरेको हो  ।

नेपाल आयल निगमले अहिले कै परिमाणमा दैनिक तेल वितरण भइरहेमा स्टक रहेको पेट्रोलले ९ दिन र डिजेलले १४ दिन धान्ने जनाएको छ । काठमाडौंका पेट्रोल पम्पमा आज बिहानैदेखि सार्वजनिक गाडी तेल भर्नका लागि  लाइन लागेका छन् । त्यस्तै सरकारले लागु गरेको जोर विजोर प्रणलीमा पनि थप कडाइ गरेको छ ।