Thaha

Saturday 21 September - 4:53 pm NST

दाङका सरकारी विद्यालय दसैं र तिहारमा पनि खुल्ने


काठमाडौं, १३ असोज । दाङमा दसै र तिहारको बिदामा पनि सरकारी विद्यालयमा पढाइ हुने भएको छ । विभिन्न पक्षको बन्दले लामो समय विद्यालय बन्द हँुदा पढाइ प्रभावित भएपछि दसै र तिहारको बिदामा पनि पढाइ सञ्चालन हुने भएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।

झन्डै एक महिना विद्यालय बन्द हँुदा पढाई प्रभावित भएपछि बिदामा पनि पढाइलाई निरन्तरता दिन लागिएको जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्यालले बताउनु भयोे । शिक्षा कार्यालयको क्यालेन्डरमा दसँै र तिहारको बीचमा १२ दिन बिदा उल्लेख गरिएको छ ।