Thaha

Saturday 21 September - 4:50 pm NST

खाद्यनको पर्याप्त मौज्दात–खाद्य संस्थान


काठमाडौं, १३ असोज । नेपाल खाद्य संस्थाले भारतीय नाकावन्दीका बावजुत पनि पर्याप्त खाद्यन्न मौज्दात रहेको भन्दै नआत्तिक उपभोक्तालाई आग्रह गरेको छ । दाल, चामल, नुन, तेल, चिनी, गेडागुडी लगायत ३ लाख क्विन्टलभन्दा बढी खाद्यन्न मौजदात रहेको भन्दै नआत्तिन र आवश्यकताभन्दा बढी खरिद नगर्न संस्थानले आग्रह गरेको छ ।

थाहा सञ्चारको कार्यक्रम द न्यूज प्लसमा कुरा गर्दै संस्थानका प्रवक्ता श्रीमणीराज खनालले तीन महिनालाई पुग्ने खाद्यन्न मौज्दात रहेकोले दशै, तिहार, छठ जस्ता चाडपर्वमा खाद्यन्नको अभावन नहुने भएकाले तत्कालिन आवश्यकताभन्दा बढी खरिद नगर्न आग्रह गर्नुभयो । यस्तै नेपाल औषधी ब्यवसायी संघले एक महिनासम्मलाई औषधीको अभाव नहुने बताएको छ ।

संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले स्लाइन पानी लगायतका औषधी १५ दिनसम्मलाई पुग्ने भएपनि अरु औषधीले एक महिना धान्ने बताउनुभयो । लगातार नाकाबन्दी भएपछि हवाई मार्गबाट अन्य मुलुकबाट पनि आयातको तयारी भएकोले सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । तर पेट्रोलियम पदार्थको अभावले काठमाण्डौबाट औषधी बाहिरि जिल्लामा पु¥याउनभने समस्या भएको श्रेष्ठको भनाई छ ।