Thaha

Saturday 21 September - 2:16 pm NST

अरिङगालको टोकाईबाट अर्घाखाँचीमा १ जनाको मृत्यु


काठमाडौं, १३ असोज । अरिङगालको टोकाईबाट अर्घाखाँचीमा १ जनाको मृत्यु भएको छ । अरिङगालले टोकेर धारापानी ५ का चित्र बहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै बारीको छेउमा रहेको अरिङगाल पोल्न गएका केसी अरिङगालको टोकाईबाट गम्भीर घाईते हुनुभएको थिए ।

उहाँको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ  । यस्तै  नुहाउने क्रममा खोलामा डुबेर अर्घाखाँचीको धातिवाङ १ वाडुंगाका ३४ बर्षिय गणेश बहादुर सारुको मृत्यु भएको छ ।