Thaha

Saturday 21 September - 2:24 pm NST

ब्याट्रिबाट चल्ने सवारी रोज्न आह्वानसहितको र्‍याली


काठमण्डौं, १२ असोज ।
भारतको नाकाबन्दिका कारण पेट्रोल डिजेलको चरम अभाव भइरहेको बेला ब्याट्रिबाट चल्ने सवारीले आज काठमण्डौंमा सचेतना र्‍याली निकालेको छ  । 
सफा टेम्पो, स्कुटर, कार र ब्याट्रिबाट चल्ने सवारी साधनको माइतिघरबाट र्‍याली निकालिएको हो ।

‘नो पेट्रोल, नो डिजेल, नो टेन्सन’ भन्ने नारा लगाउँदै पेट्रोल र डिजेलको विकल्प रोज्न आम नागरिकलाई आह्वान गरिएको छ । क्लिन इनर्जि नेपालले र्‍यालीको अगुवाइ गरेको थियो । 
नेपालमा ब्याट्रिबाट चल्ने ७ सय सफा ट्याम्पो छन् भने  साइकल, स्कुटरदेखि कार सम्मका ब्याट्रिबाट चल्ने साधान बजारमा आइसकेका नेपाल बिद्युतय परिवहन संघ ललितपुरका अध्यक्ष देव प्रसाद ताम्राकारले बताउनु भयो ।   

हेराैं र्‍यालीको फोटो :