Thaha

Saturday 21 September - 2:16 pm NST

नेपाली वैज्ञानिकले पत्ता लगाए मंगल ग्रहमा बगिरहेको पानीको श्रोत


काठमाडौं, १२ असोज । नेपाली मुलका बैज्ञानिक लुजेन्द्र ओझा सहितको टोलीले मंगल ग्रहमा बगिरहेको पानीको श्रोत भएको पत्ता लगाएका छन् । अमेरिकी अन्तरिक्ष सस्था नासामा आबद्ध नेपाली बैज्ञानिक ओझा सहितको टोलीले मंगल ग्रहमा पानीका स्रोत रहेको र भौगोलिक रुपमा सक्रिय रहेको पत्ता लगाएको हो ।

यसअघि ओझासहितको टोलीले मंगल ग्रहमा पानी भएको पत्ता लगाएको थियो । अहिले बैज्ञानिकहरुले मंगल ग्रहमा गहिरो र तिब्र गतिमा बगेका पानीका श्रोत समेत पक्ता लगाएका हुन् । नेपाली बैज्ञानिक ओझासहितका शोधकर्ताले नेचुरल जियोसाइन्स जनरलमा यो खोज प्रकाशित पनि गरिसकेका छन् ।

हिजो प्रकासित भएको यस खोजबाट मंगल ग्रहमा मानवीय जिवनको संभाबना बढेको निष्कर्ष निकालिएको छ । नेपाली बैज्ञानिक लुजेन्द्र ओझाले यसअघि नै मंगल ग्रहमा पानीको श्रोत फेला पारेर ति ठाउलाई नेपाली नाम दिनुभएको थियो । उहाँले पत्ता लगाएका ठाँउको नाम जोमसोम, दिपायल, पोखरा, काठमाण्डौं, फेवा, सगरमाथा, रारा, बेगनास र तिलिचो नाम राख्नुभएको छ ।

उहाँले सन् २०११ मा नै मंगल ग्रहमा ११ स्थानमा पानी छ भनी तयार पारेको सोधपत्रलाई  नासाले पुष्टि गरेको थियो । डोटी महादेवस्थान, गाविस–२ मा जन्मिएका ओझा सन् २००८ मा अमेरिका जानु अघिसम्म काठमाडौंको म्हैपीमा बस्दै आउनुभएको थियो । मंगलग्रहमा पानीको सतह भएको पत्ता लागेको घोषणासंगै त्यसको अनुसन्धानको श्रेय नेपाली मुलका नागरिक लुजेन्द्रलाई दिएको थियो ।