Thaha

Saturday 21 September - 2:16 pm NST

आजदेखि भारतीय टिभी च्यानल वन्द


काठमाडौं, १२ असोज । केबल टेलिभिजन सञ्चालकहरुले आजदेखि देशभर भारतीय टीभी च्यानलहरु बन्द गर्ने भएका छन् । भारतले नेपालमा एक हप्तादेखि अघोषित नाकाबन्दी गरेपछि नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबल टेलिभिजन एसोसिएसनको बैठकले आज १० बजेदेखि देशभर हिन्दी च्यानलहरु बन्द गर्न लागेका हुन् ।  सर्वसाधारणको चर्को दबावपछि केबल टेलिभिजन सञ्चालकहरु पनि इन्डियन टिभी च्यानल बन्द गर्न तयार भएका हुन् ।

केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले चितवन, कास्की र कञ्चनपुरमा यसअघि नै बन्द भइसकेको र अरु ठाउँमा आजदेखि बन्द हुने  बताउनुभयो । नेत्रबिक्रम चन्द विप्लव माओवादीले पनि हिन्दी च्यानलहरु, चलचित्रहरू र विज्ञापन बन्द गर्न उर्दी जारी गरिसकेको छ । बिभिन्न जिल्लाहरुमा एफ एमहरुले हिन्दी गीत बजाउनसमेत बन्द गरिसकेका छन् । अघोषित नाकाबन्दी गरेपछि नेपालीमा भारत विरोधी भावना बढ्दै गएको छ ।