Thaha

Saturday 21 September - 2:35 pm NST

एन.आर.एनको सातौ राष्ट्रिय सम्मेलनमा सहभागि हुनका लागि पर्सि सम्म नाम उपलब्ध गराउनु पर्ने



काठमाडौं, ११ असोज ।

गैरआवासीय नेपाली संघ एन.आर.एनले आगामी सातौ राष्ट्रिय सम्मेलनमा सहभागि हुन चाहानेलाई सेप्टेम्बर ३० सम्म नाम उपलब्ध गराउन आग्रह गरेको छ ।

एन.आर.एनको अन्तर्राष्ट्रिय समन्वय परिषदको ४८ औं बैठकले  पर्सि सेप्टेम्बर ३० सम्म सहभागिताका लागि आवश्यक पर्ने विवरण सहितको फारम नभरे सातौं राष्ट्रिय सम्मेलनको बन्दसत्रमा सहभागि हुन नपाउने निर्णय पनि गरेको गैरआसीय नेपाली संघ युरोप क्षेत्रका सह–संयोजक सोम सापकोटाले जानकारी दिनुभयो ।

३० सेप्टेम्बर पछि बिबरण उपलब्ध गराउनेले भने उद्घाटन सत्रमा मात्रै भाग लिन पाउने छन् । हिजो बेलुकीको एन.आर.एन.बैठकमा संसोधनका विषयमा पनि छलफल भएको थियो । सातौ राष्ट्रिय महाधिवेशन नजिकिदै गरेकाले तयारी पनि तिब्र पारिएको सापकोटाले जानकारी दिनुभयो । एन.आर.एन.को सातौं राष्ट्रिय महाधिबेशन अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौमा हुने तय भएको छ ।