Thaha

Saturday 21 September - 2:11 pm NST

तरकारीको मुल्य उकालो चढ्दै

तरकारीको मुल्य उकालो चढ्दै
काठमाडौं, ११ असोज । भारतीय नाबन्दीको प्रभाब स्वरुप कालीमाटी तरकारी तथा फलपूmल बजारमा आज तरकारीको मुल्य बढेको छ । आलु र प्याजको मुल्य अन्य तरकारीको तुलनामा तिब्र रुपमा बढेको कालीमाटी तरकारी तथा फलपूmल बजार व्यबस्थापन समितिले जनाएको छ । हिजो १ सय २५ रुपैया प्रतिकिलोमा कारोबार भएको प्याजको मुल्य आज १ सय ४५ रुपैया पुगेको छ ।

यस्तै नेपाली रातो आलु ४२, भारतीय आलु ३५, भारतीय गोलभेडा ४० नेपाली गोलभेडा ३०, गाजर ९५ रुपैया प्रतिकिलोमा कारोबार भैरहेको कालीमाटी तरकारी तथा फलपूmल बजारका थोक बिक्रेता राजेश श्रेष्ठले जानकारी दिनुभयो । यस्तै बन्दा ६० काउली ४०, सेतो मुला २५, बोडी ६०, घ्युसीमी ३०, भन्टा ४०, करेला ५०, लौका ३०, चिचिन्नो ३०, पाकेको फर्सि ३५, भिन्डी ६०, बरेला ७० र स्कुस ५ देखि १० रुपैया प्रतिकिलोमा कारोबार भैरहेको छ ।