Thaha

Saturday 21 September - 2:10 pm NST

निर्मललाई भोट दिएर जिताउन आफन्तको सबैलाई अनुरोध

काठमण्डौं १०, असोज ।


भारतिय टेलिभिजन च्यानल जि टिभीमा प्रसारण भइरहेको डान्स इन्डिया डान्स सिजन फाइभमा अन्तिम सातमा छनोट भएका नेपाली युवा निर्मल तामाङका परिवारले उपाधि जिताउन सबैलाई भोट दिन आग्रह गरेको छ । 


गएराति भएको सोपछि अन्तिम सातमा पुगेका निर्मललाई जिताउन अनलाइन भोटिङको ब्यवस्था भएको हुनाले अनलाईनको पहुँच हुनेले सक्दो भोट दिन बाबु शेरबहादुर तामाङले आग्रह गर्नुभयो । गएरातिदेखि नै खुलेको भोटिङ मंगलगरबार बिहान सवा ९ बजे सम्म रहने छ । 


प्रतियोगितामा अब्बल प्रस्तुति दिइरहेका नुवाकोट विदुर नगरपालिका, ११ का निर्मल तामाङ बिहिबार नेपाल आउँने बुबा शेरबहादुरले जानकारी दिनभयो । निर्मललाई नेपाल तामाङ घेदुङ र आफन्तले स्वागत गर्ने तयारी गरेका छन् । निर्मललाई  www.zeetv.com/nir, www.zeetv.com/did5 मा गएर अनलाइन भोटिङ गर्न सकिन्छ ।