Thaha

Wednesday 07 October - 7:15 pm NST

इन्द्रजात्रा पव मनााइँदै

इन्द्रजात्रा पव मनााइँदै
काठमाडौ, १० असोज । वर्षा र सहकालका देवता इन्द्र्रको पूजा आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत ठाउँमा मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र्रध्वजासहितको लिङ्गो ठड्याइएपछि यो पर्व प्रारम्भ भएको मानिन्छ । इन्द्र्रजात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

प्राचीन एक किंवदन्तीअनुसार आफ्नी आमालाई बसुन्धराको व्रतनिम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई उपत्यकावासीले चोर भनी नियन्त्रणमा लिएर डोरीले पाताकसी बीच सडकमै जात्रा गरेको दिनका रूपमा इन्द्र्रजात्रा मनाउने गरिन्छ । इन्द्र्र्रलाई बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा पुरन्दर हात्तिमा आएर कुइरो सिर्जना गरी लुकाएर काठमाडौँको दहचोकस्थित इन्द्र्रदहमा लगी स्नान गराएको किंवदन्ती रहेको संस्कृतिविद्  हरिराम जोशीले बताउनु भयो । मेलामा सहभागी हुन काठमाडौँ, ललितपुर, भक्तपुरका साथै उपत्यका बाहिरबाट पनि दर्शनार्थीहरू बिहानैदेखि दहचोक आउन थालेका छन ।