Thaha

Saturday 21 September - 2:21 pm NST

पेट्रोलियम पदार्थको अभाव चर्किदै

पेट्रोलियम पदार्थको अभाव चर्किदै
काठमाडौ, १० असोज । भारतले अघोषित नाकाबन्दी गरेपछि काठमाडौं उपत्यकासहित देशभर पेट्रोलियम पदार्थको अभाव चर्किएको छ । चार दिन यता भारतबाट पेट्रोलियम पदार्थ लोड भएका गाडि नेपाल आउन रोकिएको छ भने भण्डारण गरिएको पेट्रोलियम पदार्थ पनि कम हुँदै गएकोे नेपाल आयल निगमले जनाएको छ । परिस्थिति जटिल बन्दै गएकाले निगमले सार्वजनिक गाडी चढ्न  र सरकारले लागु गरेको जोर बिजोर प्रणाली सबै नागरिकलाई पालना गरिदिन पनि आग्रह गरेको छ ।

निगमसँग मौज्दात रहेको पेट्रलियम पदार्थ मध्ये केहि भोली बितरण गरिने आयल निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो । आज सार्वजनिक विदा परेकाले तेल वितरण नगरिएकोले पेट्रोलपम्पमा लाइन नबस्न पनि निगमले नागरिकलाई आग्रह गरेको छ । भारतले नाका ठप्प पारेपछि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर र झन्डै २ सय बुलेट ग्याँस भारतमा नै रोकिएका छन् ।

यसैबीच ग्यास बिक्रेता महासंघले मौज्दात रहेको खाना पकाउने ग्यास तथा डिजेल र पेट्रोलमा कालोबाजारी नगर्न व्यबसायीलाई आग्रह गरेको छ । महासंघका संयोजक ज्ञानेश्वर अर्यालले थाहा सन्चार नेटवर्कसँग कुरा गर्दै देश संबेदनशील अवस्थामा रहेकोले तोकिएकै मुल्यमा उपलब्ध गराउन आग्रह गर्नुभयो ।