Thaha

Saturday 21 September - 2:27 pm NST

आज आलु र प्याजको मूल्य केहि वढ्यो

आज आलु र प्याजको मूल्य केहि वढ्यो
काठमाडौं, ९ असोज ।  कालीमाटी तरकारी तथा फलपूmल बजारमा आज आलु र प्याजको मूल्य बढेको छ । हिजो २२ रुपैया प्रतिकिलोमा कारोबार भएको इन्डियन रातो आलुको मूल्य आज बढेर ३८ रुपैया पुगेको छ । यस्तै हिजो ९५ रुपैया प्रतिकिलोमा कारोबार भएको प्याजको मूल्य आज बढेर १ सय २० रुपैया पुगेको कालीमाटी फलपूmल ताथा तरकारी बजारका थोक बिक्रेता भगवानचन्द्र उप्रेतिले जानकारी दिनुभयो ।

भारतीय अघोषित नाकाबन्दीका कारण त्यस क्षेत्रबाट सामान आयात हुन छाडेपछि मूल्य बढेको कालीमाटी फलपूmल तथा तरकारी बजार व्यबस्थापन समितिले जनाएको छ । अन्य तरकारीको मूल्य भने हिजो कै यथावत रहेको उप्रेतिले बताउनुभयो । गोलभेडा प्रतिकिलो ३०, बन्दा ४०, काउली ३५ रुपैया प्रतिकिलोमा कारोबार भैरहेको छ । यस्तै भन्टा ३०, बोडी ४०, ध्युसीमी ४०, हरियो भट्टमास ५०, करेला ४०, घिरौला ३० भिन्डी ६० रुपैया प्रतिकिलोमा कारोबार भइरहेको छ ।