Thaha

Saturday 21 September - 2:32 pm NST

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा आंशिक बद्ली

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा आंशिक बद्ली
काठमाडौं, ९ असोज । अहिले काठमाडौंमा धुम्म बादल लागेको छ । अझै एक दुईघन्टा मौसम बद्ली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । तर दिउँसोपख भने काठमाडौंमा फेरि मौसम बद्ली हुनेछ ।

आज देशभरको मौसम सामान्यतया सफा रहने छ । मौसमविद् शान्ति कडेलका अनुसार तराईमा मौसम सफा रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बद्ली भएर एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।