Thaha

Saturday 21 September - 2:26 pm NST

काठमाण्डौमा एनफ्लुएन्जा बिको सङक्रमण


 अभिराज ओली । काठमाडौं, ९ असोज । काठमाण्डौमा ‘एनफ्लुएन्जा बि’ का बिरामी पनि भेटिएका छन् । केहिदिन अघि मात्रै चार जनामा स्वाइन फ्लू पुष्टि भएको बेला फेरी ‘एनफ्लुएन्जा बि’ का बिरामी बढेका हुन् । स्वाइन फ्लू अन्र्तगत कै टाइप ‘बि’ को रुपमा लिइने ‘एनफ्लुएन्जा बि’ का बिरामीहरु भेटिन थालेको काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

अस्पतालका बरिष्ठ डाक्टर शेरबहादुर पुनका अनुसार ३ जनामा ‘एनफ्लुएन्जा बि’ को संक्रमण पुष्टि भएको छ । ‘एनफ्लुएन्जा बि’ र स्वाइन फ्लुको लक्षण उस्तै हुने डाक्टर पुनले थाहा सन्चार नेटवर्कलाई बताउनुभयो । रुघा खोकी लाग्ने, ज्वरो आउने, घाटी दुख्ने स्वास फेर्न गाह्रो हुने लगायत लक्षण देखिएका बिरामीमा ‘एनफ्लुएन्जा बि’ पुष्टि भएको हो ।

बृद्ध बृद्धा, बालबालिका र अन्य रोगका संक्रमण भएकामा स्वाइफ्लुको जोखिम बढी हुने भएकोले त्यस्ता व्यक्तिलाई सर्तकता अपनाउन डाक्टर पुनले आग्रह गर्नुभयो ।भाइरल फ्लुका बिरामी बढेको र उनीहरुमा परिक्षण गर्दा केहिमा स्वाइन फ्लु र ‘एनफ्लुएन्जा बि’ पाइएको डाक्टर पुनले बताउनुभयो । उहाका अनुसार अस्पतालमा अहिले पनि भाइरल फ्लुका नयाँ बिरामी दैनिक १२ जना आउने गरेका छन् ।