Thaha

Saturday 21 September - 2:14 pm NST

कतारबाट नेपालमा अहिलेसम्मकै सस्तो दरमा फोन गर्न पाइने

कतारबाट नेपालमा अहिलेसम्मकै सस्तो दरमा फोन गर्न पाइने
काठमाण्डौ, ८, असोज । कतारबाट नेपालमा अहिलेसम्मकै सस्तो दरमा फोन गर्न पाइने भएको छ । कतारको ओरेडु कम्पनीको प्रिपेड मोवाइलबाट नेपाल टेलिकमका सबै किसिमका नम्बरमा सस्तो दरमा फोन गर्न पाइने भएको हो ।

ओरेडुको प्रिपेड मोवाइलबाट नेपाल टेलिकमका नम्बरमा फोन गर्न प्रति मिनेट ५ रुपैयाँ ७५ पैसा मात्रै महसुल लाग्ने टेलिकमले जनाएको छ । यो अफर आजदेखि अक्टोबर २४ अर्थात कात्तिक ७ गतेसम्मका लागु हुने टेलिकमले विज्ञप्ती मार्फत जनाएको छ । दशैंलाई लक्षित गरी यो योजना ल्याइएको टेलिकमकी प्रवक्त प्रतिभा वैद्यले जानकारी दिनुभयो । नेपालबाट कतारमा कल गर्दा हाल प्रतिमिनेट १२ रुपैयाँ महसुल लाग्छ । यो अफर नहुँदाको सामान्य दर भने प्रतिमिनेट १३ रुपैयाँ पर्छ ।