Thaha

Saturday 21 September - 12:23 pm NST

इन्द्रजात्रा आजदेखि

इन्द्रजात्रा आजदेखि 
काठमाडौं, ८ असोज काठमाण्डौंमा मनाइने इन्द्रजात्रा आजदेखि शुरु भएको छ । हनुमान ढोकाअगाडि इन्द्रध्वजा फराएपछि जात्रा शुरु भएको हो । भक्तपुरको जंगलबाट ल्याइएको लिङ्गोलाई विधिपुर्वक पुजा गरेर ठड्याइएको छ ।

जात्राका अवसरमा विभिन्न नेवारी संघसंस्था तथा गुठीकाले सांस्कृतिक बाजागाजा बजाएर जात्राको स्वागत गरेका छन् । यसैबिच ललितपुरको पाटनमा रातोमछिन्द्रनाथको रथ तान्ने जात्रा चलिरहेको छ । आज पुल्चोकमा राखिएको रथलाई गाबाहल पुर्याइने भएको छ । गुठि संस्थान ललितपुरका अनुसार हिजो एकान्तकुना हुदै रथ पुल्चोक ल्याइएको थियो ।

भुकम्पका कारण अवरुद्ध भएको रथ पुननिमार्ण गरेर फेरी तानिएको हो ।