Thaha

Saturday 21 September - 12:35 pm NST

आज पूर्वी पहाडी क्षेत्रबाहेक अन्य ठाउँको मौसम सफा

आज पूर्वी पहाडी क्षेत्रबाहेक अन्य ठाउँको मौसम सफा 
काठमाडौं, ८ असोज आज पूर्वी पहाडी क्षेत्रबाहेक अन्य ठाउँको मौसम सफा रहनेछ । पूर्वी पहाडी जिल्लामा भने आंशिक बद्ली भई दिउँसो पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौंसहित देशका अन्य भागको मौसम भने आज दिनभर सफा रहनेछ । काठमाडौंमा आज पानी पर्ने संभावना कम रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । बंगालको खाडीमा उत्पन्न न्यूनचापिय वायुको प्रभाव कम हुदै गएपछि मौसममा सुधार आएको हो ।

२३ सेप्टेम्बरमै मनसुन सकिने भएपनि बर्षेनि ढिला हुँदै गएकाले यसपबर्ष पनि मनसुन विदा हुन अझै केही दिन लाग्ने श्रेष्ठको अनुमान छ ।