Thaha

Saturday 21 September - 12:31 pm NST

इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) आज

 इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) आज
काठमाडौं, ८ असोज  इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) आज मनाइँदै छ । बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ ।

नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनका अनुसार आज बिहान मस्जिदमा जम्मा भई विशेष नमाज पढिन्छ । नमाज पढिसकेपछि घर घरमा गई बलि दिइने र एकआपसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । बकर इद तीन दिनसम्म मनाइन्छ ।  इदका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यसैबीच उपराष्ट्रपति परमानन्द झाले सम्पूर्ण मुसलमान समुदायलाई  शुभकामना व्यक्त गर्दै देशविदेशमा बस्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको कामना गर्नुभएको छ । प्रधानमन्त्री सुशील कोइरालाले पनि इस्लाम धर्मावलम्बीको महान पर्व इदको अवसरमा शुभकामना दिनुभएको छ । यस पर्वले मुस्लिम समुदायलगायत सबै नेपालीको बीचमा बन्धुत्व, एकता, हार्दिकता विकसित गरी धार्मिक सहिष्णुता ल्याउन मद्दत गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभएको छ ।