Thaha

Saturday 21 September - 12:10 pm NST

कालीमाटी वजारमा , आज तरकारीको मुल्य केहि वढ्यो

कालीमाटी वजारमा , आज तरकारीको मुल्य केहि वढ्यो
काठमाडौं, ८ असोज कालीमाटी फलफूल तथा तरकारी बजारमा आज तरकारीको मूल्य बढेको छ । हिजो धेरै तरकारी भित्रिएका कारण घटेको मूल्य आज फेरी केहि बढेको हो । कालीमाटी तरकारी तथा फलफूल बजारमा आज बिहान निर्धारण भएको मूल्य अनुसार तरकारीको मुल्य बढेको हो ।

बजारका थोक बिक्रेता राजेश श्रेष्ठका अनुसार गोलभेडा ३०, रातो आलु २०, सेतो आलु २२, प्याज ९४, बन्दा ४०, काउली ३५ रुपैया प्रतिकिलोमा कारोबार भैरहेको छ । यस्तै भन्टा ३०, बोडी ४०, ध्युसीमी ४०, हरियो भट्टमास ५०, करेला ४०, घिरौला ३० भिन्डी ६० रुपैया प्रतिकिलोमा कारोबार भैरहेको छ ।