Thaha

Saturday 21 September - 12:10 pm NST

मलेसियाका १ सय ८४ कम्पनि निःशुल्क कामदार लैजान तयार

मलेसियाका १ सय ८४ कम्पनि निःशुल्क कामदार लैजान तयार
काठमाडौं, ८ असोज नेपालीहरुको लागि बैदेशिक रोजगारीको प्रमुख गन्तब्य बनेको मलेसियाका १ सय ८४ कम्पनीहरु निःशुल्क कामदार लैजान सहमत भएका छन् । निःशुल्क भिषा र टिकट योजना अन्तर्गत मलेसियामा रहेको नेपाली दुतावासको आह्वान अनुसार १ सय ८४ वटा कम्पनीले नेपाली कामदारको माग पत्र प्रमाणीकरणका लागि कागजात पेश गरेको मलेसियाको क्वालालम्पुरबाट सुवास लामिछानेले जनाएका छन् ।

नेपाली राजदुतावासमा ति कम्पनीहरुले ५ हजार ३ सय ५३ कामदारको माग पत्र प्रमाणीकरणका लागि कागजात पेश गरेक हुन् । अन्य कम्पनिहरुले भने अहिलेसम्म सरकारको योजनाप्रति चासो देखाएका छैनन् । नेपाल सरकारले गत असारमा मलेसियासहित ६ खाडी मुलुकमा असार २१ गतेबाट निःशुल्क भिषा र टिकटको व्यवस्था लागु गरेको छ ।

तर सरकारले निःशुल्क भिषा र टिकटको निर्णय लागु गरेपनि बैदेशीक राजगारीमा जानेहरु ठगिने क्रम रोकिएको छैन । सरकारले अनुगमन नगर्दा बैदेशिक राजगारीमा जानेहरुले त्यसको अनुभुति गर्न पाएका छैनन् । धादिङको पार्ला घर भएका बिजय चेपाङले १५ दिन अघि १ लाख ५० हजार रुपैयाँ तिरेर मलेसिया पुगेको बताउनुभयो । काठमाडौको शान्तिनगर हिमसागर मार्गमा रहेको फ्रन्टलाइन रिक्रुटमेन्ट म्यानपावर कम्पनीबाट चेपाङ मलेसिया पुग्नुभएको हो ।

उहाँका अनुसार अरु थुप्रै नेपाली  अहिले पनि पुरै पैसा तिरेर जान बाध्य छन् । श्रम तथा रोजगार मन्त्रालयले भने मन्त्रालय अन्र्तगतको श्रम विभागले अनुगमन गरिरहेको जनाएको छ । मन्त्रालयको प्रवक्ता गोबिन्दमणी भुर्तेलले श्रम बिभागलाई अनुगमन गर्ने निर्देशन दिइएकोले अनुगमन गरिरहेको बताउनुभयो ।