Thaha

Friday 22 November - 7:11 pm NST

साउदी अरवको मक्का मदिनामा हज गर्न गएका ४ नेपाली सहित ७ सय १७ जनाको को मृत्यु

 साउदी अरवको मक्का मदिनामा हज गर्न गएका ४ नेपाली सहित ७ सय १७ जनाको को मृत्यु 
काठमाडौं, ८ असोज साउदी अरवको मक्का मदिनामा हज गर्न गएका ४ नेपाली सहित ७ सय १७ जनाको को मृत्यु भएको छ । मिना ईलाकामा राक्षसको प्रतिकस्वरुप ठड्याईएको खम्बामा ढुँगा हान्ने क्रममा भागदौड मच्चिदा अरु केही नेपाली पनि घाइते भएका छन् । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालका अनुसार एक जनाको होटलमै बसिरहेको अवस्थामा कालगतिले र अरु ३ जनाको भागदौडका क्रममा मृत्यु भएको हो ।

उनीहरुको नाम ठेगाना अझै खुल्न नसकेको ढकालले बताउनुभयो । मक्कामा ढुँगा हान्नु राक्षसको विरोधको प्रतिक मानिन्छ । राक्षसको प्रतीक तीनवटा ठुला खम्बाको रुपमा उभ्याईन्छ । त्यही खम्बालाई एकजना हजयात्रीले ३ वटा ढुँगा प्रहार गर्छन् ।

यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले मक्का मदिनामा भएको घटना पनि दुःख व्यक्त गर्नुभएको छ । साउदी राजा सलमानलाई शोक सन्देश पठाउँदै प्रधानमन्त्री कोइरालाले घटनामा निधन भई जीवन गुमाएका तीर्थयात्रीका परिवारमा व्यक्तिगत, नेपाल सरकार र नेपाली जनताका तर्फबाट समवेदना प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।