Thaha

Saturday 21 September - 12:20 pm NST

काठमाण्डौमा चार जनामा स्वाइन फ्लुका पुष्टि

अभिराज ओली ।
काठमाडौं, ७ असोज  काठमाडौंमा फेरी स्वाइन फ्लुका बिरामी फेला परेका छन् । केहि दिन यता काठमाडौंमा चार जनामा यसको संक्रमण पुष्टि भएको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्रले जनाएको छ । अस्पतालका वरिष्ठ चिकित्सक शेरबहादुर पुनका अनुसार स्वाइफ्लुसँगै रुघा खोकी, ज्वरो, आउने लगायतका लक्षण देखिएका बिरामीको संख्या बढेको छ । त्यसमध्ये चार जनामा पुष्टि भइसकेको पुनले बताउनुभयो ।

स्वाइन फ्लुको लक्षणका रुपमा लिइने रुघा, खोकी, ज्वरो आउने, घाँटी दुख्ने लगायत लक्षण भएका बिरामीको संख्या एक साता यता बढेको अस्पतालले जनाएको छ । मौसम परिवर्तन हुने बेला भएका कारणले कतिपयलाई रुघा खोकी लागेको हुनसक्ने भएपनि सर्तकता अपनाउन पुनले आग्रह गर्नुभयो ।

अहिले देखिएको स्वाइन फ्लू ‘एच.वान.एन.वान पेन्डामिक २००९’ भएको अस्पतालले जनाएको छ । बृद्ध बृद्धा, बालबालिका र अन्य रोगका संक्रमण भएकामा स्वाइफ्लुको जोखिम बढी  हुने भएकोले त्यस्ता व्यक्तिलाई सर्तकता अपनाउन डाक्टर पुनले आग्रह गर्नुभयो ।