Thaha

Saturday 21 September - 12:26 pm NST

चाडपर्व नजिकै गर्दा पनि वन्द र हडताल उस्तै, व्यवसायी छलफलमा जुट्ने

चाडपर्व नजिकै गर्दा पनि वन्द र हडताल उस्तै, व्यवसायी छलफलमा जुट्ने
अभिराज ओली 
काठमाडौं, ७ असोज  तराई क्षेत्रमा जारी बन्द र त्यसले यातायात क्षेत्रमा परेको प्रभावको विषयमा यातायात व्यवसायीले आज छलफल गर्ने भएका छन् । चाडपर्व नजिकिदै गर्दा पनि बन्द हड्ताल नरोकिएपछि यातायात व्यबसायी छलफलमा जुट्न लागेका हुन् ।

आज दिउँसो १ बजेपछि हुने छलफलमा दशैंलाई लक्षित गरि अग्रिम टिकट वुकिङ्ग खोल्ने या नखोल्ने विषयमा छलफल हुने छ । बन्द हड्तालले यातायात व्यवसायीमा परेको समग्र प्रभावका विषयमा छलफल हुने नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

यसअघि आगामी १५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारीमा रहेका व्यवसायी मधेसवादी दलले हिजो आन्दोलन थप चर्काउने घोषणा गरेपछि फेरी अन्यौलमा परेका छन् । टिकट बुकिङ खुल्ला गर्ने या नगर्ने विषयमा आज थप छलफल गरेर निर्णयमा पुगिने सिटौलाले जानकारी दिनुभयो । विगतमा दशै आउनु महिनादिन भन्दा अगाडी नै टिकट बुकिङ खुल्ला गरेपनि यस पटक भने तराईको आन्दोलनका कारण समस्या परेको छ ।