Thaha

Saturday 21 September - 12:19 pm NST

राष्ट्रिय संरक्षण दिवस आज

राष्ट्रिय संरक्षण दिवस आज 
काठमाडौं, ७ असोज राष्ट्रिय संरक्षण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विक्रम संवत २०६३ असोज ७ गते तत्कालीन वनमन्त्री गोपाल राई, वन र वातावरण क्षेत्रका विज्ञ डाक्टर हर्क गुरुङ, डाक्टर चन्द्र गुरुङलगायत २४ जनाको ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उहाँहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउन थालिएको हो । दिवसकै अवसरमा यस क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ सस्थाले आज विशेष कार्यक्रम गर्दैछन ।