Thaha

Saturday 21 September - 12:17 pm NST

डाक्टर गोविन्द केसीको स्वास्थ्य गम्भिर वन्दै

डाक्टर गोविन्द केसीको स्वास्थ्य गम्भिर वन्दै
काठमाडौं, ७ असोजचिकित्सा क्षेत्र सुधारको माग गर्दै आमरण अनसन बसेका वरिष्ठ हाड जोर्नी रोग बिशेषज्ञ डाक्टर गोबिन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ । उहाँलाई छाती दुख्ने, मुटुको चाल र रक्तचाप घटबढ हुने, बोल्न गार्हो हुने लगायत समस्या देखिएका छन् । केसीले सातौ पटकको अनसन शुरु गरेको आज छैटौ दिन हो ।

छैटौ दिन सम्म सरकारले अनसन प्रति कुनै प्रतिक्रिया जनाएको छैन । यसअघि छैटौ पटकको अनसन सरकारले सबै माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि केसीले गत भदौ २० गते १४ औ दिनमा तोड्नुभएको थियो ।

छैटौ पटकको अनसन तोड्दा माथेमा कार्यदलकोे प्रतिवेदन पुर्ण रुपमा कार्यान्वयन हुनुपर्ने, स्वास्थ्य संस्थामा राजनीतिक आधारमा नभई क्षमताको आधारमा कर्मचारी नियुक्त हुनुपर्ने लगायत ८ बँुदे माग सबै पुरा गर्ने प्रतिबद्धता जनाए पनि सरकारले कार्यान्वयन नगरेपछि केसीले सातांै पटकको अनसन शुरु गर्नुभएको हो ।