Thaha

Saturday 21 September - 12:15 pm NST

बन्दले कपिलबस्तुको जनजीवन निकै कष्टकर

बन्दले कपिलबस्तुको जनजीवन निकै कष्टकर
काठमाडौं, ७ असोज डेढ महिनादेखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको बन्दका कारण कपिलबस्तुको जनजीवन निकै कष्टकर बनेको छ । बजारमा खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तुको अभाव चर्किएको छ । पूर्व–पश्चिम राजमार्गमा प्रहरीले रातको समयमा स्कर्टिङ गरेर गाडी चलाएपनि जिल्ला भित्र चल्ने गाडि नचल्दा नागरिक मारमा परेका छन् ।

कपिलबस्तुको सदरमुकाम तौलिहवा, मुख्य बजार कृष्णनगर, बहादुरगञ्ज, पकडीलगायतका क्षेत्रका बजार, उद्योगधन्दा, शैक्षिक संस्था ४३ दिनदेखि खुल्न सकेका छैनन् । यसैबीच, कपिलबस्तुको हथिहवा–दोहनीमा जोडिएको भारतीय सीमानाका धनगडवाबाट नेपाल प्रवेश गर्ने तथा दोहोरो आवतजावत बन्द गरिएको छ ।

नेपालको तर्फबाट सीमा क्षेत्रमा गस्तीको नेतृत्व गरिरहेका सशस्त्र प्रहरी निरीक्षक धनबहादुर रानाले परिचयपत्र जाँच गरेर मात्रै आवतजावत गर्न दिइएको बताउनुभयो ।