Thaha

Saturday 21 September - 12:28 pm NST

आज देशभरको मौसम सफा

आज देशभरको मौसम सफा
काठमाडौं, ७ असोज आज काठमाडौं सहित देशैभरको मौसम सफा रहनेछ । बंगालको खाडीमा उत्पन्न न्यूनचापिय वायुको प्रभाव कम हुदै गएपछि मौसममा सुधार आएको हो । काठमाडौं उपत्यकामा अहिले आंशिक बद्ली भएको छ ।

एक दुईघन्टापछि भने मौसम पूर्णरुपमा खुल्नेछ । बेलुकी पख आंशिक बद्ली भएपनि भोली बिहानदेखि भने पूर्णरुपमा मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

मौसमविद् बरुण पौडेलका अनुसार मनसुनी वायुको प्रभाव र बंगालको खाडीमा उत्पन्न न्यूनचापिय वायुको प्रभाव कम हुँदै गएकाले अबका दिनमा मौसम सफा हुँदै जाने छ । आज पूर्वी नेपालमा आंशिक बद्ली भएपनि अरु क्षेत्रको मौसम सफा रहनेछ । भोली बिहानैदेखि मौसम खुल्ने विभागको अनुमान छ ।