Thaha

Wednesday 07 October - 6:33 pm NST

एक महिना पछि कैलालीमा दगांग्रस्त क्षेत्र हट्यो

एक महिना पछि कैलालीमा दगांग्रस्त क्षेत्र हट्यो 
काठमाडौं, ७ असोज कैलालीको टिकापुरसहित अन्य गाविसमा स्थानीय प्रशासनले घोषणा गरेको दंगाग्रस्त क्षेत्र गएरातिदेखि हटाइको छ । गत भदौ ७ गते आठ सुरक्षाकर्मीको हत्या भएपछि स्थानीय प्रशासनले टिकापुरसहित, भजनी–त्रिशक्ति नगरपालिका, पथरैया, दुर्गौली, मुनुवा, नारायणपुर, धनसिंहपुर, थापापुर, जोशीपुर र बौनियाँ गाविसलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

स्थानीय प्रशासनले बढीमा एक महिना मात्रै दंगाग्रस्त क्षेत्र घोषणा गर्न सक्ने त्यसपछि समय थप्नु पर्ने भए गृह मन्त्रालयको स्वीकृती चाहिने भएकाले दंगाग्रस्त क्षेत्र हटाइएको  कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले जानकारी दिनुभयो । दंगाग्रस्त क्षेत्र हटाइएपनि ती क्षेत्रमा परिचालित नेपाली सेना भने फिर्ता नहुने चापागाइँले बताउनुभयो ।

यसैबीच स्थानीय प्रशासनले टीकापर क्षेत्रमा आज विहान ५ बजेदेखि दिउँसो २ वजेसम्मका लागि कफ्र्यु हटाएको छ भने सदरमुकाम धनगढीमा दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको छ ।