संघीय लिम्बुवान पार्टीले गरेको बन्दको प्रतिकार
संघीय लिम्बुवान पार्टीले गरेको बन्दको प्रतिकार
काठमाडौं, ६ असोज संघीय लिम्बुवान पार्टीले गरेको बन्दका कारण चार दिन देखि जनजीवन प्रभावित भएपछि पाँचथरको फिदिममा ब्यावसायीले प्रतिकार गर्दै बजार खोल्न सुरु गरेका छन् । बन्दकर्ता सडकमा नदेखिएको र चाडपर्वको मुखमा व्यवसाय संचालन गर्न नपाएको भन्दै व्यवसायीले प्रतिकार सुरु गरेका हुन् ।
अरुण पूर्वका नौ जिल्लालाई ऐतिहाँसिकताको आधारमा लिम्बूवान राज्य घोषणा गर्नुपर्ने माग गर्दै आएको संघिय लिम्बूवान पार्टी नेपालले गरेको अनिश्चितकालिन आम हडतालको कारण त्यस क्षेत्रको जनजिवन कष्टकर बन्दै गएको छ । ४ दिन देखीको बन्दले सर्वसाधारण सास्ति झेलिरहेका छन् । संविधानले लिम्बूवान राज्यको सुनिश्चितता नगरेको भन्दै पार्टीले असोज ३ गते देखी नै बन्द घोषणा गरेको थियो ।