Thaha

Saturday 21 September - 12:37 pm NST

विमानस्थलमा गरिएको कालोपत्रे ४ महिना नपुग्दै उप्कियो

विमानस्थलमा गरिएको कालोपत्रे ४ महिना नपुग्दै उप्कियो 
काठमाडौं, ६ असोज खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा गरिएको कालोपत्रे गुणस्तरहीन भएको पाइएको छ । गत असार पहिलो हप्ता सम्पन्न गरिएको कालोपत्रे चार महिना नपुग्दै उप्किनुका साथै ठाउँठाउँमा खाल्डाखुल्डी परेपछि उडान अवतरणमा समस्या हुन थालेको विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । ठेकेदारको लापरबाहीले यस्तो समस्या सिर्जना भएको उहाँले बताउनु भयो । नागरिक उड्डयन प्राधिकरणको सात करोड २४ हजार ३ सय ८० रुपैयाँको लागतमा लामा बुईल्डर्स जेभी निर्माण कम्पनीले विमानस्थल कालोपत्रे गरेको थियो । ठेकेदारले नाफा कमाउन गुणस्तरहीन सामग्री प्रयोग गरेकाले यस्तो समस्या देखा परेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो ।