Thaha

Saturday 21 September - 12:33 pm NST

झण्डै एक दशकदेखि मनसुन लम्बिदै

झण्डै एक दशकदेखि मनसुन लम्बिदै 
काठमाडौं, ६ असोज ।  दिउँसोपख केहीबेर मौसममा सुधार आएपनि बेलुकीपख फेरि आंशिक बद्ली भएर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । आज सुदुरपूर्व र सुदुरपश्चिममा दिनभर पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कडेलले बताउनु भयो । मध्य र पश्चिमाञ्चलका केही ठाउँमा समेत पानी पर्ने सम्भावना छ । बंगालको खाडीबाट आएको न्यूनचापिय वायुको प्रभावका कारण नेपालमा मनसुन बढी सक्रिय भएको हो । भोलीदेखि भने मौसममा सुधार आउने अनुमान गरिएको छ । सामान्यतया आज सकिनुपर्ने मनसुन यस पटक पनि लम्बिने संकेत देखिएको छ । झण्डै एक दशकदेखि मनसुन लम्बिदै गएको छ ।