Thaha

Saturday 21 September - 12:20 pm NST

ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९ सय १२ सवारीका चालक कारवाहीमा

ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९ सय १२ सवारीका चालक कारवाहीमा
काठमाडौं, ६ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९ सय १२ सवारीका चालक कारवाहीमा परेका छन् । जथाभावी यात्रु चढाउने–ओराल्ने १ सय ३७, ढोका खुला राखेर गाडि चलाउने १ सय ३१, अवस्था ठीक नभएका सवारी चलाउने ९४, मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८८ र लेन अनुशासन पालना नगर्ने ९१ जना कारवाहीमा परेका हुन्् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सिसिटिभी फुटेज हेरेर ५३ सवारी चालकलाई कारवाही गरिएको छ । कारवाहीबाट ४६ हजार ४ सय रुपैयाँ राजश्व संकलन भएको प्रहरी नायव निरीक्षक बिष्णु थापाले जानकारी दिनुभयो । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १९ वटा सवारी दुर्घटना हुँदा ७ जना सामान्य र एक जना गम्भीर घाइते भएका छन् ।