Thaha

Saturday 21 September - 12:17 pm NST

आज अन्तर्राष्ट्रिय शान्ति दिवस


काठमाडौं, ४ असोज । ‘शान्तिका लागि सहकार्यः सबैका लागि मर्यादा’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ मा संसारभर शान्ति दिवस मनाउने गरिन्छ । नेपालमा भने हिजो संविधान जारी भएसँगै लामो समयदेखि पूर्णता पाउन नसकेको शान्ति प्रकृयाले पूर्णता पाएको छ । दिवसको अवसरमा यस क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

राष्ट्रसंघले सन् १९८१ मा सेप्टेम्बरको तेस्रो मंगलबार अन्तर्राष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषण गरे अनुसार १९८२ देखि सेप्टेम्वर २१ मा यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०६५ सालदेखि शान्ति दिवस मनाउन शुरु गरिएको हो ।

दिवसको अवसरमा शन्देश दिदै राष्ट्रसंघका महासचिव बानकी मुनले विश्वमा भइरहेका हिंसात्मक गतिविधि स्थगन गरेर शान्ति स्थापनाकालागि सहयोग गर्न सदस्य राष्ट्रलाई अपिल गर्नुभएको छ ।