Thaha

Friday 17 May - 1:45 pm NST

जापानमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन


काठमाडौं, २ असोज । चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आजदेखि जापानको राजधानी टोकियोमा सुरु भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानले गरेको सम्मेलनमा भाग लिन संसारभरका  साहित्यकार जापान पुगेका छन् । टोकियोको इकेगामी खाइकानमा स्थानीय समय अनुसार आज बिहान १० बजेदेखि शुरु सम्मेलनमा वरिष्ठ साहित्यकार तथा समाजका संस्थापक केन्द्रीय अध्यक्ष होमनाथ सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्राध्यापक डाक्टर खगेन्द्रप्रसाद लुइँटेल सहभागी हुनुभएको छ ।