Thaha

Friday 17 May - 2:54 pm NST

एसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक, ६६ दशमलब ९३ प्रतिशत विद्यार्थी उत्तिर्ण

काठमाण्डौ ३१ भदौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज एसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । परिक्षमा ८३ हजार ७८ जना अर्थात ६६ दशमलब ९३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको परिक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी दिनुभयो  छन् । 

जुन २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाको रुपमा गत साउन २० गतेदेखि ३० गतेसम्म सञ्चालन भएको थियो । परिक्षमा कूल एक लाख २४ हजार २ सय २८ जना परीक्षार्थी सहभागि भएका थिए । 

परीक्षामा एक विषय मात्रै परीक्षा दिने ५५ हजार ४ सय ७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७ सय ७७ जना रहेका छन् ।