Thaha

Friday 17 May - 5:21 pm NST

तीज सुरु, आज दर खाएर मनाइँदै


काठमाडौंं, २९ भदौ । आज विभिन्न मिष्ठान्न परिकारका साथ दर खाईदै छ । भोली हरितालिका तिजमा ब्रत बस्ने भएकाले हिन्दु महिलाले आज मिठा मिठा परिकार बनाएर दर खाने गर्छन । आजैदेखि तिज शुरु भएको छ ।

टाढा रहेका चेलिवेटी माइती घरमा जम्मा भएर खिर, गुँद, हलुवा, ढकनी, घ्यू, दुध, दहि, मिठाई, फलफूल लगायत दरका रुपमा मिठा परिकार खाने चलन छ । भोलीको ब्रतका लागि अघिल्लो दिन साँझ शरीरमा शक्ति दिने खालको दर खाने चलन छ । यसैबीच दर खाने निहुँमा आफ्नो स्वास्थ्य बिग्रने खालको खाद्य बस्तु नखान चिकित्सकले सुझाव दिएका छन् ।

मुटुरोग विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मीले दरका रुपमा विभिन्न अखाद्य बस्तु, रंग हालेका मिठाई, विषादी प्रयोग गरेका तरकारी र फलपूmल खानाले स्वास्थ्यमा असर पर्ने बताउनुभयो । अखाद्य बस्तुको सट्टा घरमै बनाएको खिर, हलुवा लगायत खान राम्रो हुने उहाँको सुझाव छ ।