Thaha

Friday 17 May - 2:58 pm NST

आज बाल दिवस


काठमाडौंं, २९ भदौ । आज राष्ट्रिय बाल दिवस देभैभर बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

यसबर्षको बालदिवसको नारा ‘पुननिर्माण र संविधानः बाल अधिकारको संरक्षण हाम्रो अभियान’ भन्ने रहेको छ । दिवसका अवसरमा शुभकामा दिँदै प्रधानमन्त्री सुशील कोईरालाले बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतका अधिकार सुनिश्चित गर्ने कार्यलाई सरकारले प्राथमकितामा राखेको बताउनुभएको छ । उहाँले केही दिनमै जारी हुने संविधान बाल मैत्री हुने विश्वास व्यक्त गर्नुभएको छ । 

महिला बालबालिका तथा समाज कल्याण्ण मन्त्री निलम केसीले यस बर्षको प्राकृतिक बिपत्तीका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य, उचित पोषण र सुरक्षित आवासको अधिकार सुनिश्चित गर्नु चुनौतीपूर्ण बनेको बताउनुभएको छ । उहाँले बिपदको समयमा बालबालिकाको अधिकारप्रति जागरुक, सजग र संवेदनशील हुन सबैलाई आग्रह पनि गर्नुभएको छ ।