Thaha

Wednesday 07 October - 5:47 pm NST

बन्द जारी रहे अग्रिम टिकेट बुकिङ नखुल्ने

काठमाण्डौ २८ भदौ । बन्द हड्तालका कारण यातायात व्यवसायीले यस पटक चाडपर्वलाई लक्षितगर्दै अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने भएका छन । बन्द हड्ताल नरोकिए आफूहरुले अग्रिम टिकट बुकिङ खुल्ला गर्न नसक्ने यातायात व्यवसायीले बताएका छन ।

विगतका वर्षमा यतिबेला टिकेट बुकिङ खुल्ला गर्ने तयारी तिब्र गतिमा हुने गरेको भएपनि यस पटक बन्द हड्तालका कारण अग्रिम टिकट बुकिङ खुल्ला गर्न नसकिएको  नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघका उपाध्यक्ष डोलनाथ खनालले थाहासन्चार  नेटवर्कलाई बताउनुभयो । एक महिनादेखि व्यवसायनै संकटमा पर्नेगरी बन्द हड्ताल हुँदा समेत सरकारले सुरक्षाको प्रत्याभूति नगर्दा आफूहरु समस्यामा परेको  खनालले बताउनुभयो ।

अघिल्लो वर्ष दशैका लागि भदौ २५ गतेदेखि अग्रिम टिकेट बुकिङ खुल्ला गरिएको थियो । गत वर्ष १६ लाखको हाराहारीमा काठमाडौंबाट बाहिरिएका थिए । देशको अवस्था सामान्य नबनी टिकट बुकिङ खुल्ला गर्न नसकिने उपाध्यक्ष खनालले बताउनुभयो ।