Thaha

Friday 17 May - 2:31 pm NST

यसवर्षको मदन पुरस्कार पत्रकार पाण्डेलाई

काठमाडौं २५ भदौ । यसबर्षको मदन पुरस्कार पत्रकार विजयकुमार पाण्डेलाई प्रदान गरिने भएको छ । 
मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले ‘खुसी’ पुस्तकका लागि पत्रकार पाण्डेलाई २०७१ को मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । संस्मरणात्मक पुस्तक खुसीमा पाण्डेले पत्रकारिता लगायतका विषयमा लेख्नुभएको छ । पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ । यस्तैगरी यसबर्षको जगदम्बाश्री पुरस्कार अंगुरबाबा जोशीलाई प्रदान गरीने गुठीले जनाएको छ । 
यसैबीच ‘लाटो पहाड’ कथासंग्रहका लागि उपेन्द्र सुब्बा र ‘मान्ठा डराएको जुग’ संस्मरणको लागि मोहन मैनालीलाई यसवर्षको पद्मश्री साहित्य सम्मान संयुक्त रुपमा प्रदान गरिने भएको छ । २०७१ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिहरुमध्ये यी दुई कृति पुरस्कारका लागि छानिएको खेमलाल—हरिकला लामिछाने प्रतिष्ठानले जनाएको छ । लाटो पहाड लिम्बुवानको संस्कृतिलाई आधार बनाएर लेखिएको छ भने मान्ठा डराएको जुग कृतिमा माओवादी द्वन्दकालमा धादिङ, संखुवासभा, बाजुरा तथा कर्णाली अञ्चलका निर्दोष सर्वसाधारण दोहोरो चपेटामा परेको यथार्थलाई उजागर गरिएको छ ।