Thaha

Friday 17 May - 1:45 pm NST

महोत्तरीमा आन्दोलनकारीद्वारा प्रहरीका असईको हत्या

काठमाडौं २५ भदौ । महोत्तरीमा प्रर्दशनकारीले सशस्त्र प्रहरी सहायक निरीक्षकको हत्या गरेका छन् । शुक्रवार बिहान महोत्तरीको जलेश्वरमा भएको झडपमा घाईते भएका सशस्त्र प्रहरी सहायक निरीक्षक थमनबहादुर विकको प्रदर्शनकारीले हत्या गरेका हुन् । 
झडपमा घाईते भएर उपचारका लागि लैजादै गर्दा विकलाई घरेलु हतियार बोकेका आन्दोलनकारीले लखेटी लखेटी हत्या गरेका थिए । प्रदर्शनकारीले विकलाई उपचारका लागि लैजादै गरेको एम्बुलेन्सपनि जलाएको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले जानकारी दिएको पत्रकार भक्ती रिजालले जनाएका छन् । यस्तै, जनकपुरमा प्रहरी र प्रदशनकारीबीच झडप भएको छ । झडपमा प्रहरीले चलाएको गोली लागेर ३ जना प्रर्दशनकारी घाईते भएका छन् ।