Thaha

Friday 17 May - 1:54 pm NST

सातौं पटक अनशन बस्ने डाक्टर केसीको तयारी


काठमाडौं, २५ भदौ । वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर गोबिन्द केसीले आजदेखि फेरी अनसन शुरु गर्दै हुनुहुन्छ । छैठौं  पटकको अनसन तोडाउदा सरकारसँग भएको सहमति ४८ घण्टा नबित्दै तोडिएको भन्दै केसीले त्यसलाई सच्याउन हिजो सम्मको  समय दिनुभएको थियो ।

हिजो सम्म सरकारले कुनै सकारात्मक प्रतिक्रिया नजनाएकोले आजदेखि फेरी सातौ पटकको अनसन शुरु गर्ने केसीको तयारी छ । १४ दिन लामो अनसनपछि गत शनिबार सरकारसँग भएको ११ बँुदे सहमतीको प्रमुख बुँदा सरकारले ४८ घण्टा नबित्दै उलंघन गरेकोले फेरी अनसन थाल्नुको बिकल्प नभएको केसीले बताउनुभयो ।

दिउँसो ३ बजे सम्म सकारात्मक खबर नआए अनसन शुरु हुने केसीले जानकारी दिनुभयो । यसअघिको सहमति अनुसार मन्त्रिपरिषद बैठकले चिकित्सा शिक्षा आयोग गठन गर्नुपर्नेमा त्यसो गरिएको छैन ।