प्रहरी कारवाहीमा मारिए ‘घैंटे’
काठमाडौं, ३ भदौ । गुण्डागर्दीको आरोप लागेको कुमार श्रेष्ठ ‘घैंटे’को प्रहरी कारवाहीमा मृत्यु भएको छ । काठमाडौंको सामाखुशी कपुरधारामा रहेको घरबाहिर प्रहरीले प्रहरीले हानेको गोली लागेर घैंटेको मृत्यु भएको हो ।
प्रहरीको गोली लागि गम्भीर घाइते भएका घईटेलाई उपचारका लागि त्रिबी शिक्षण अस्पताल महाराजगञ्जमा पुराएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले प्रहरीको नियमित चेकिङका क्रममा घैंटेले एक्कासी गोली चलाएपछि आत्मरक्षाका लागि प्रहरीले गोली हान्दा मृत्यु भएको दाबी गर्नुभयो ।
घाइते भएका घईटेका दुई सहयोगी सरेन्द्र महर्जन र कान्छा महर्जनको भने शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घैंटेका सहयोगीले प्रहार गरेको ढुंगा लागेर दुई जना प्रहरी पनि घाइते भएको एसएसपी खनालले बताउनुभयो ।
घैंटे नेपाली काँग्रेसका नेता जगदिश्वर नरसिंह केसी निकट मानिन्थे । गोली प्रहार भएको जानकारी पाएलगत्तै अस्पताल पुगेका नेता केसीले गृहमन्त्रीको आदेशमा घरभित्रै गएर प्रहरीले घैंटेको हत्या गरेको जिकिर गर्नुभयो ।
नुवाकोटका घईटे काठमाण्डुमा गुण्डागर्दीमा नाम चलेका व्यक्ति थिए ।