Thaha

Friday 03 May - 4:28 am NST

आठौँ राष्ट्रिय सुचना दिवस


काठमाण्डौं । २ भदौ । आज भदौ ३ गते, सूचनाको हकसम्बन्धि ऐन लागु भएको दिनको सम्झनामा आठौँ राष्ट्रिय सूचना दिवस मनाईदैछ ।

२०६४ साल साउन ५ गते सुचनाको हकसम्बन्धि ऐन प्रमाणीकरण भई भदौ ३ गतेदेखी लागु भएको थियो । दिवसका अवसरमा राष्ट्रिय सुचना आयोगले काठमाडौंको तिनकुनेमा दिउँसो ३ बजे मूल समारोह गर्दैछ । काठमाडौंका २१ वटै नगरपालिकासहित देशैभर सुचनाको हकका बारेमा अन्तरकृया लगायत विभिन्न कार्यक्रमहरु हुँदैछन् ।

आयोगका प्रमुख आयुक्त कृण्णहरी बास्कोटाले सुचनाको हकसम्बन्धि ऐन लागु भएपछि सुचना लिने दिने संस्कृतिमा सुधार आईरहेको बताउनुभयो । सुचना लुकाउँदा भ्रष्टाचारी ठहरीने डरले सरकारी निकायका अधिकारीहरुमा सूचना लुकाउने प्रवृत्ति हट्दै गएको उहाँको भनाई छ ।

यस्तैगरी आयोगका आयुक्त किरण पोखरेलले सुचना लुकाउन हुन्न भन्ने भावना जागृत हुँदै गएपनि लोकतन्त्रको विषयसँग सोझै जोडिएको ऐन अझैपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो ।